सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा लागूऔषध ओसारपसार गर्ने २ नेपाली पक्राउ

लागूऔषध ओसारपसारमा संग्लग्न रहेको आरोपमा जापानको प्रहरीले दुई जना नेपाली बिद्यार्थीलाई पक्राउ गरेको छ । दुई महिना अघि नै पक्राउ गरे पनि जापान प्रहरीले उनीहरुलाई अहिले मात्र सार्वजनिक गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

भोकेसनल स्कुल पढ्दै गरेका २९ बर्षीय तपन तामाङ र पोखराकी २७ बर्षीया देवी गुरुङ दोङलाई जापान प्रहरीले टोकियो स्थित उनीहरुकै निवासबाट प्रकाउ गरेको हो ।

जापानी सञ्चारमाध्यमका अनुसार उनीहरुले भारतको हवाई बाटो हुँदै ठूलो मात्रामा गाँजा, भाङ, चरेस सहितका नशालु लागुऔषध, बाद्यबादन सामाग्री भित्र राखेर जापान भित्र्याएका थिए ।

उक्त सामाग्री तामाङ्ग र गुरुङ बस्दै आएको कोठामा कुरियर मार्फत पुगेपछि लागुऔषध ओसारपसारमा उनीहरु संलग्न रहेको भन्दै जापान प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले उनीहरुको साथबाट १८ किलो ६ सय ग्राम लागुऔषध फेला पारेको बताएको छ । बरामत गरिएको लागुऔषधको बजार मुल्य करिव १५ करोड येन भएको प्रहरीको दावी छ ।

जापानमा लागुपदार्थ ओसारपसारमा नेपालीको ठुलो गिरोह संलग्न हुनसक्ने प्रहरीले आशंका गरेको छ । पक्राउ परेका दुबै जनाले आरोप स्वीकार गरिसकेको जापानी प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्