अब फेसबुक लाईभबाट पैसा कमाउने सुविधा
अब फेसबुकको लाइभ भिडियोमा पनि विज्ञापन प्रकाशित हुने भएको छ । सिएनबिसीमा प्रकाशित रिपोर्टका अनुसार फेसबुकले आफ्नो ब्लगमा लाइभ स्ट्रिमरहरुले आफ्नो भिडियोमा विज्ञापन राख्न पाउने सुविधा दिइने जनाएको छ ।
एक पटकमा २० सेकेण्डसम्म लामो हुने विज्ञापन भिडियो शुरु भएको ४ मिनेट पछि देखिने छ र त्यसपछि प्रत्येक ५ मिनेटको अन्तरालमा बज्नेछ । फेसबुकको उपाध्यक्ष रहेका निक ग्रुडिनले भनेका छन–‘फेसबुकमा हामी आफ्ना साझेदारहरुका लागि उत्पादनहरुको मुद्रीकरण र डिजिटल भिडियोका लागि विज्ञपान विकास गर्नका लागि प्रतिबद्ध छौँ ।’
यो योजना अनलाइन भिडियो महारथी युट्युवलाई टक्कर दिनका लागि ल्याईएको हो । युट्युवले पनि भिडियो प्रकाशकहरुलाई पैसा कमाउने अवसर दिने गरेको छ । फेसबुकका सिइओ मार्क जुकरबर्गले पनि भिडियोलाई पछिल्लो समयको मेगा ट्रेन्ड भएको बताएका थिए ।
शुरुवातमा यो सेवा अमेरिकाबाट शुरुवात गरिनेछ । जहाँ २ हजार वा सोभन्दा बढी फलोअर भएका पेज तथा ३ सयभन्दा बढी साथी भएका प्रोफाइलले यो सेवा लिनसक्नेछन् ।
लाइभ सेसनमा ३ सयभन्दा बढीले हेरेपछि मात्र विज्ञापन प्रकाशित हुने बताइएको छ । विज्ञापनबाट आउने पैसा फेसबुक र प्रकाशकले बाँड्नेछन् । जसमा फेसबुकको हिस्सा ४५ प्रतिशत हुनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्