सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एमालेको मेची–महाकाली अभियान तीन दिन स्थगित

एमालेको मेची–महाकाली अभियान अन्र्तगत सप्तरीको राजबिराजमा भएको जनसभा बिथोल्न पुगेका मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा तीन जनाको मृत्यु भएपछी एमालेले तीन दिनका लागी आफ्नो अभियान स्थगित गरेको छ ।

एमालेको सभास्थल बाहिर प्रहरीको गोली लागी प्रदर्शनकारीको मृत्यु भएपछी बसेको एमालेको आकस्मिक बैठकले अभियान अन्र्तगतका कार्यक्रम तीन दिनका लागी स्थगित गर्ने निर्णय गरेको हो । शनिबार झापाको बिर्तामोडबाट सुरु भएको एमालेको अभियान सोमबार सप्तरी पुगेको थियो ।

घटना लगत्तै सप्तरीकै रुपनगर स्थित एमाले नेता सुमनराज प्याकुरेलको घरमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले षड्यन्त्रको गन्ध आएको भन्दै तीन दिनका लागि अभियान नै स्थगित गर्ने निर्णय गरेको छ ।

एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार सरकारको आग्रह र आफूमाथि षड्यन्त्र भएको निष्कर्श निकाल्दै एमालेले तत्कालका लागि कार्यक्रम स्थगित गरेको हो । बैठकमा पार्टी अध्यक्ष केपी ओली, बरिष्ठ नेताहरु माधकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायतका शीर्ष नेताहरु सहभागी थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्