सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा मान्छेमा सर्ने चिनियाँ बर्डफ्लुको त्रास

चीनका विभिन्न प्रान्तहरुमा बर्डफ्लुका कारण पछिल्लो अवधिमा ५५ जना नागरिकको ज्यान गएपछि नेपाल सरकारले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँचमा कडाई गरेको छ ।

चीनको हङकङ, ग्वान्जाओ लगायतका स्थानमा एच ७ एन ९ नामक बर्डफ्लु भाइरसका कारण चिनिँया नागरिकको मृत्यु भएको चिनीयाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अहिले एयरलाइन्स मार्फत दैनिक सयौं चिनिँया नागरिकहरु चीनबाट नेपालतर्फ भित्रिने र नेपालबाट चीनतर्फ जाने गरेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको तथ्यांकमा उल्लेख छ ।

नेपालका पंक्षीहरुमा बर्डफ्लु भेटिए पनि मानिसहरुमा अहिलेसम्म नभेटिएको तर, चीनबाट मानिसहरु आवत जावत गर्दा बर्डफ्लुको लक्षण देखा पर्न सक्ने सरवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्