सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गोली नचलाएको भए अरु सयौँको ज्यान जान्थ्यो

सरकारले सप्तरीको राजविराजमा भएको गोलीकाण्डपछि त्यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र शसस्त्र प्रहरीका प्रमुखलाई फिर्ता बोलाएको छ ।

मंगलबार गृहमन्त्री विमलेन्द्र निधिले राजविराज घटनाका बारेमा सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएका छन् ।

तीनवटा सुरक्षा निकायका प्रमुखहरुले राजविराज घटनाको बारेमा जानकारी गराउँदै यदि प्रहरीले समयमा गोली नचलाएको भए त्यहाँ सयौं मान्छे मार्ने अवस्था भएको जानकारी गृह मन्त्रालयलाई गराएका छन् ।

‘मधेसी मोर्चाले चारैतिरबाट घेरा हालेर एमालेको कार्यक्रम स्थल भित्र प्रवेश गर्न खोजेको र त्यहाँ उनीहरु प्रवेश गर्न खोजेको भए कल्पना गरिएभन्दा ठूलो मानविय क्षति हुने थियो ।’

घटनाबारे सुरक्षा प्रमुखहरुले गृहमन्त्रीलाई जानकारी गराएको बैठकमा सहभागी एक उच्च सुरक्षा अधिकारीले जानकारी दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्