सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्दै भारत

भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्ने गृहकार्य अघि बढाएको छ । आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइ देशसँगको सिमानामा बन्द गर्न लागेको भारतको भनाइ छ ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले भनेका छन–‘भारतले सम्भव भएसम्म चाडो पाकिस्तान र बङलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ ।’

राजनाथका अनुसार पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो । उनले भारतीय सीमा सुरक्षा बलले खलेको भूमिकाको उच्च प्रशंसा गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्