सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अफगानिस्तानमा फेरी ५.६ म्याग्नेच्युटको भुकम्प

अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ । यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो । भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको थियो ।

यसबीच अघिल्लो भूकम्पमा ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दै गएको छ । बीबीसीका अनुसार, बिहीबार स्थानीय समयअनुसार राति ८ः५६ बजे भूकम्प गएको हो । नंगरहार र कुनार प्रान्तमा धक्का महसुस भएपछि स्थानीय मानिसहरू आत्तिएर आफ्ना आश्रयस्थलहरूबाट बाहिर निस्किएका थिए ।

यद्यपि, बिहीबार रातिको भूकम्पमा जनधनको क्षतिको कुनै आधिकारिक पुष्टि भएको छैन । तर, स्थानीय चिकित्सकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार त्यहाँको अस्पतालमा १७ जना घाइते ल्याइएका छन् ।

संयुक्त राष्ट्रको मानवीय मामिला समन्वय कार्यालयका अनुसार आइतबार गएको भूकम्पमा अहिलेसम्म १,३६८ जनाको मृत्यु भएको छ भने २,१८० जना घाइते भएका छन् । यी तथ्याङ्क २५ वटा गाउँबाट आएको प्रतिवेदनमा आधारित छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS