सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नटवरलाल ठग रमिता तुलाधरको नालिबेली

ललितपुरको बुङ्मतिमा जन्मे हुर्केकी रमिताले १२ बर्षअघि लाजिम्पाटका बालकृष्ण अधिकारीसँग विवाह गरिन । विवाहपछि रमिताले श्रीमानलाई विदेश पठाइन र आफुले कुमारीपाटीमा ‘न्यु फेशन बग’ नामको फेन्सी पसल चलाउन थालिन् ।

एकदिन उनको भेट चावहिलका हरि भुजेलसँग भयो । जग्गा दलालीको काम गर्ने भुजेलले ‘करोड–करोडका गफ’ दिन थाले, रमिताको पैसा प्रतिको मोह बढ्यो । उनले स्टाफलाई पसल जिम्मा लगाईन र जग्गा कारोवारमा लागिन । अनि ‘करोड’का गफ लगाउन थालिन ।

करोडौंको गफ दिने रमिता बिरुद्ध गत पुसमा ललितपुर प्रहरी परिसरमा ठगीको उजुरी दर्ता भयो । ललितपुर बस्ने गोविन्द महर्जनले पटक–पटक गरेर रमिताले आफूलाई १ करोड ४६ लाख ठगेको उजुरी दिएपछि प्रहरी उनको खोजीमा लाग्यो ।

रमितालाई प्रहरीले पक्राउ गरी पुस २६ गते सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी ईश्वर कार्कीका अनुसार रमिताले गोविन्द महर्जनलाई काभ्रेको कालिन्चोक–१ मा रहेको ७२ रोपनी जग्गा पास गरिदिउँला भन्दै १ करोड ६४ लाग ठगेको खुलेको छ ।

त्यसबाहेक उनले अरु धेरैलाई प्रलोभनका पारेर ठगेको देखिन्छ । गोविन्द पनि जग्गाको कारोवार गर्थे । पहिले धेरै ब्याज दिउँला भन्दै पैसा लिएकी रमिताले करोड भन्दा बढी भएपछि फिर्ता गर्नुको साटो जग्गा पास गर्दिन्छु भनेर थप ४६ लाख लिएकी थिइन् ।

२०७० जेठदेखि गोविन्दलाई जालमा पारेर पैसा लिन थालेकी तुलाधरले रकम फिर्ता माग्दा ‘तपाईको मलाई विश्वास छ, खाली चेकमा सही गरेर दिन्छु, केही दिनमा साट्नुस’ भन्दै सिद्धार्थ बैंकको चेक दिने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

ललितपुर प्रहरीले रमिताबिरुद्ध ठगी मुधा दर्ता गरेर काभ्रेमा रहेको ७२ रोपनी जग्गा रोक्का गरिदिएको छ । ललितपुरका रोविन बज्रचार्य, विशेष बज्रचार्य र दिलकेश महर्जनलाई कुमारीपाटीमा सटर मिलाइदिन्छु भन्दै १८ लाख ५० हजार ठगी गरेको खुल्न आएको छ ।

चार बर्षदेखि श्रीमानसँग छुट्टिएर एक्लै बस्न थालेकी रमिताले सहकारीलाई पनि ठगेको पाइएको छ । अर्टिजान्स सहकारीसँग लिएको तीनलाख तिर्नुको साटो उनले सिद्धार्थ बैंकको पैसा नभएको चेक दिएर झुलाएको पाईएको छ ।

नखिपोटकी सीता गुरुङले बढी ब्याज पाउने आशामा रमितालाई ६० लाख दिएकी थिईन् । त्यसमध्ये सिताले २५ लाख फिर्ता पाईन् बाँकी गुमाउन बाध्य भईन् । रमिताले दुई करोडभन्दा धेरै ठगेर विभीन्न स्थानमा जग्गा जोडेकी छिन ।

आफ्नो ११ बर्षीय छोरालाई होस्टलमा राखेर ललितपुरको टंगालमा डेरा गरी बस्ने रमिताले काठमाडौंको रामकोटमा सात आना जग्गा किनेकी छिन । टेष्ट परिक्षा मात्रै पास भएकी रमिता स्कुटर हाँकेर अर्काको घरजग्गा देखाएर बैना लिएपछि उनी फरार हुने गरेकोे प्रहरी अनुसन्धानमा खुलेको छ ।

नटवरलाल ठगको परिचय बनाएकी रमिता तुलाधर अहिले ललितपुर प्रहरीको हिरासतमा छिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS