सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ईपिएस कोरीयाको फारम फोनबाट सच्याउन पाईने

बैदेशिक रोजगारीका लागी दक्षिण कोरिया जान लिईने ईपिएस भाषा परिक्षाका लागी ७५ हजार ६ सयभन्दा बढीले आवेदन भरेका छन् । यो पटक दक्षिण कोरीयाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ । तर, आगामी जेठ २७ र २८ गते सञ्चालन हुने भाषा परीक्षामा सामेल हुन साढे ७५ हजार बढीको आवेदन परेको हो ।

अहिले आवेदन रुजु गर्ने काम भइरहेको इपीएस कोरिया शाखाले जनाएको छ । गत वर्ष भन्दा यो बर्ष १५ हजार बढिको आवेदन परेको ईपिएस शाखाले जनाएको छ । यो पटक कोटा बढेका कारण पनि धेरैको आवेदन परेको ईपिएसले बताएको छ ।

ईपिएस भाषा परिक्षाका लागी यसपटक अनलाइनमार्फत आवेदन लिइएको थियो । कोरिया जानका लागि उत्पादनमूलक समूहमा २४ हजार ३८७ जनाले आवेदन दिएका छन् भने कृषि समूहमा ५१ हजार २२० जनाको आवेदन परेको ईपिएसले बताएको छ ।

यो वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ ६ हजार २ सय र उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार कामदार उतीर्ण हुनेछन् । अनलाइन आवेदनमा कुनै गल्ति भए चैत २० देखि सच्याउन सकिने गरी २५ गतेसम्म सुनुवाईको ब्यवस्था गरिएको छ ।

अनलाइन आवेदन दिँदा कुनै विवरण गल्ती भएको भए फोनमार्फत नै सच्याउन सकिनेछ । एमआरपी र फोटो एट्याच गर्न छुटेको भए ग्वार्कोस्थ्ति ईपिएस कार्यालयमा आएर बुझाउन सकिने ईपिएस कार्यालयले जनाएको छ ।

चैत्र २० देखि २५ सम्म ईपिएस शाखाको टेलिफोन नम्बर ०१-५१८६३४९ मा कल गरेर आवदेकको विवरण सच्याउन सकिनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्