सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आइजीपी गाउँकै नभई नहुनेले सम्हालिएर बोल्नू; केपी

स्थानीय चुनावको मिति नजिकिँदै जाँदा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता आरोप प्रत्यारोपमा उत्रिएका छन् । कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्ति चुनाव केन्द्रित देखिन थालेका हुन् ।

आइतबार एमाले काठमाडौंको चुनावी अभियान आरम्भ गर्दै अध्यक्ष ओलीले जथाभावी नबोल्न देउवालाई चेतावनी दिएका छन । उनले देउवालाई संकेत गर्दै भने–‘आफ्नो गाउँ बाहेक केही नहेर्नेले जथाभावी बोलेर हिँडेका छन् । उनलाई म सम्हालिएर बोल्न आग्रह गर्छु ।’

प्रदेशका नाममा देश बिखण्डन गर्ने काम कांग्रेसले गरिरहेको भन्दै ओलीले आउने चुनावमा जनताले कांग्रेसलाई दण्डित गर्ने बताए । उनले एमाले मधेसी जनताको पक्षमा रहेको भन्दै मधेसी मोर्चाको नाममा देउवाले बिखण्डनकारी गतिबिधि गरिरहेको आरोप लगाएका छन ।

देउवाले शनिवार इटहरीमा एमालेका गतिबिधि बिखण्डनलाई सघाउ पुग्ने खालका भएको भन्दै ओलीको आलोचना गरेका थिए । ओलीले एमालेले सिंगै मुलुकको सम्बृद्धिको कुरा गर्दा देउवालाई असैहृय भएको टिप्पणी गरेका छन ।

आइजीपी नियुक्तिमा देउवाले लिएको अडानप्रति कटाक्ष गर्दै ओलीले भने– ‘पुलिसको आइजीपीसमेत आफ्नै जिल्ला, गाउँकालाई नभई नहुने र छुद्र व्यवहार देखाउनेले एमालेप्रति टिप्पणी गर्न सुहाउँदैन ।’ देउवाले सुदुरपश्चिमका जयवहावदुर चन्दलाई आइजिपी बनाउन नियमावली विपरित सरकारलाई दबाब दिएकोप्रति उनले कटाक्ष गरेका हुन् ।

अध्यक्ष ओलीले निर्वाचन पछि मुलुक एमालेमय हुने दावी गरेका छन । उनले कुनै पनि बहानामा निर्वाचन नरोकिने भन्दै बाबुराम भट्टराई निर्वाचन बिथोल्न नियोजित रुपमा लागेको आरोप लगाएका छन । ओलीले एमालेका काठमाडौंका अध्यक्ष कृष्ण राईलाई सूर्य चिन्ह अंकित झण्डा हस्तान्तरण गर्दै चुनावी अभियानको औपचारिक सुरुवात भएको घोषणा गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्