सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

रामराज्यको उपदेश सहित पुर्वराजाको शुभकामना

पुर्व राजा ज्ञानेन्द्र शाहले चैते दशँैको रामनवमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणाालीले भोग्नू परेको चर्को खडेरी भएको उल्लेख गरेका छन ।

पुर्वराजा शाहको सन्देशमा भगवान रामले देखाएको सत्यनिष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था जस्ता विषय आजको नेपालमा टडकारो आवश्यकताको रुपमा देखापरेको उल्लेख छ ।

सन्देशमा पुर्वराजाले लोक हितका निम्ति अवतरित मर्यादा पूरुषोत्तम रामको दिव्य स्मरण गर्न आवश्यक रहेको पनि बताएका छन् ।

शाहले सन्देशमा भनेका छन् ‘आजको दिनले हामीलाई त्यागशीलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गूण एवं गरिमाको सम्झना गराउँदै त्यसतर्फ लाग्न उत्साहित गर्दछ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS