विप्लवका कारण स्ववियु चुनाव एक साता सार्ने संकेत
प्रधानमन्त्रि पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाबिच स्ववियु चुनावको मिति सार्ने बिषयमा छलफल भएको छ । बुधबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबिच फाुगन १४ गते निर्धारण गरिएको स्ववियु निर्वाचन सार्ने बिषयमा छलफल भएको हो ।
प्रधानमन्त्री प्रचण्डले स्ववियु निर्वाचनको मिति सार्ने बिषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेतासहित सम्बन्धित दलका विद्यार्थी नेता एवं त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बुधबार बिहानै बालुवाटारमा बोलाएको बालुवाटार स्रोतले बताएको छ ।
स्रोतका अनुसार कलेजहरुमा तालाबन्दी गरेको विप्लव माओवादीले थबाङको महाधिवशेनपछि चुनाव गरिए आफूले भाग लिने जनाउ दिएपछि शीर्ष नेताहरु चुनाव सार्न बालुवाटारमा भेला भएका हुन् ।
स्ववियु निर्वाचन अवरुद्ध पार्न विप्लव माओवादीको विद्यार्थी संगठनले विभिन्न ठाउँमा तालाबन्दी गरेको र त्यसलाई केही ठाउँमा नेविसंघ र एमाले निकट अखिलले समेत सघाएको सरकारी पक्षको बुझाइ छ ।
आफू फागुन १४ मै चुनाव गर्नुपर्ने पक्षमा रहेको प्रधानमन्त्रीले बताउँदै आएका छन तर विप्लव माओवादीका कारण चुनाव सार्नुपर्ने भएको उनको निश्कर्ष छ ।
यस्तो अवस्थामा स्ववियु निर्वाचनको अर्को मिति तोक्नेबारे छलफल गर्न प्रमुख दलका शीर्ष नेता, विद्यार्थी नेता र त्रिविका पदाधिकारीहरुलाई बोलाएको प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिएका छन ।
आगामी फागुन १४ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको मिति एक सातापछि सार्ने गृहकार्य भइरहेको स्रोतले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्