वरियता बिबादले सरकार अस्तव्यस्त, गृहमन्त्री फेरीँदै
उप–प्रधानमन्त्रीमा कुन ठुलो भन्ने बिबादले मन्त्रिपरिषद बैठक तिन साता देखि बस्न सकेको छैन । मन्त्रि परिषद बैठक नबस्दा आईजीपी नियुक्ति लगायतका महत्वपुर्ण निर्णहरु सरकारले गर्न सकेको छैन । दुई उप–प्रधानमन्त्रीको बिबादले सरकार लामो समयदेखी उल्झनमा जस्तै छ ।
यहि बिबादका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री विमलेन्द्र निधिलाई छलेर मन्त्रिपरिषद बैठक बोलाएका छन् । बरियता विवाद बढेपछि निधि नभएको मौका पारेर आइतबार बैठक बोलाइएको छ । मन्त्रिपरिषद बैठकमा नै निधिले बहिष्कार गर्ने र त्यसको सन्देश गलत जाने भन्दै प्रधानमन्त्रीले निधि नभएका बेला बैठक बोलाएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
उपप्रधानमन्त्री निधि शुक्रबार युएई जादैछन् । गृहमन्त्री निधि युएईबाट फर्किनुअघि नै मन्त्रिपरिषद बैठक बसेर आईजीपीका विषयमा पनि निर्णय हुने स्रोतको दावी छ । गृहमन्त्री निधि र उप–प्रधान तथा संघिय मामिला मन्त्री कमल थापावीच बरिष्ठता विवाद देखिएपछि तीन साता यता मन्त्रिपरिषद बैठक बसेको छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवा पनि आईजीपी नियुक्तिलाई लिएर निधिको पक्षमा देखिएका छैनन । सर्बोच्चको फैसलापछी वरिताक्रमको दोस्रो नम्बरमा रहेका डिआईजी प्रकाश अर्याललाई नै आईजीपी बनाउने तयारी भइरहेको छ । गृहमन्त्री निधि डिआईजी नवराज सिलवालको पक्षमा छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधानमन्त्रीमध्ये वरिष्ठ भएको संकेत दिएपछि रिसाएका गृहमन्त्री विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारीमा रहेका छन् ।
बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीहरुलाई गृह मन्त्रालयमै बोलाएर अनौपचारिक छलफल गर्दै निधिले सरकारमा आफ्नो दोस्रो हैसियत सुनिश्चित नगरे मन्त्रिपरिषदमा बस्न नहुने निजी फैसला सुनाएका थिए ।
करिब नौ महिना पहिले मन्त्रिपरिषद् गठन भएयता प्रधानमन्त्री दाहालको अनुपस्थितिमा दुईपटक मन्त्रिपरिषद्को अध्यक्षता गरेको भए पनि एक महिनाअघि मन्त्रिपरिषदमा सामेल भएका राप्रपा नेता कमल थापा निधिभन्दा वरिष्ठ भएको आधारमा उनलाई दोस्रो हैसियतको वचन प्रधानमन्त्रीले दिएको बुझिएको छ ।
तर, निधिसँगको बैठकमा सामेल मन्त्रीहरु र पार्टी सभापति शेरबहादुर देउवाले समेत निधिको दावीलाई प्रतिष्ठाको विषय बनाउन तयार नभएपछि निधि एक्लिएका हुन् । निधिको बदलामा कांग्रेसबाट गोपालमान श्रेष्ठलाई उपप्रधान तथा गृहमन्त्रीका रुपमा ल्याउने तयारी भएको बुझिएको छ ।
उता कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारको बरीयतामा उपप्रधानमन्त्री निधिलाई माथि राख्न सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेता पौडेलले यो सरकार कांग्रेसले बनाएको र कांग्रेसका उपप्रधानमन्त्रीलाई नै बरीयतामा माथि राख्नु पर्ने बताएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्