क्यानडामा जन्मियो प्रवासी नेपाली मंच
प्रवासी नेपाली मन्च, क्यानडाको अध्यक्षमा रमेश थापा निर्वाचित भएका छ्न् । शनिबार टोरोन्टोमा भएको संस्थाको पहिलो भेलाले महासचिबमा बिश्वम्भर घिमिरे र उपाध्यक्षमा रबिन्द्र घिमिरे, पशुपती पोख्रेल र कुशुम ज्ञवालीलाई निर्वाचित गरेको छ ।
यसैगरि सचिबमा सुजता गुरुङ, बेदनिधी गौतम, सुबास गिरी र कोषाध्यक्षमा सान्ताराम सापकोटा निर्वाचित भएका छ्न । ५१ सदस्यीय कार्यसमिती चयन गरी सम्मेलन सकिएको छ । प्रवासी नेपाली मन्च एमाले समर्थित प्रवासी नेपालीहरुको राजनैतीक संगठन हो ।
मन्चको सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीको समेत उपस्थिती रहने भनिएता पनि पार्टी केन्द्रका कुनै पनि नेता कार्यक्रममा उपस्थित भएका थिएनन् । अध्यक्ष ओलीले नेपालबाटै नवगठित प्रवासी मन्च क्यानडाको सफलताको कामना गर्दै शुभकामना पत्र भने पठाएका थिए ।
कार्यक्रममा टोरोन्टोस्थित नेपाली संघ–संस्थाका प्रतिनिधिहरुले मन्चको कार्य सफलताको शुभकामना सहित मन्तब्य राखेका थिए । क्यानडामा कांग्रेस निकट जनसम्पर्क समितीका विभिन्न समुह तथा उपसमुह र राप्रपा नेपाल समर्थित समुहले आफ्ना गतिविधी चलाईरहेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्