सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गुण्डा नाईके दावामाथि यसरी हानियो गोली (भिडियो)

सदा झैँ आज पनि गुण्डा नाईके दावा लामा गाडी पार्कीङ्ग गरेर हेल्थ क्लवको गेटबाट भित्र छिर्दै थिए । अचानक पछाडीबाट आएका एक युवकले झोलाबाट पेस्तोल निकाल्छन र ड्याङड्याङ तीन राउण्ड गोली हानेर टाप कस्छन । यो सबै करिब ३० सेकेण्डको समयमा घटेको घटना हो ।

काठमाडौंको गौरीघाटमा रहेको दिब्य पार्टी प्यालेसमा रहेको हेल्थ क्लबभित्र आज विहान ९ बजेर २० मिनेट जादाँ लामामाथि ३ गोली प्रहार भएको काठमाडौं प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले जानकारी दिएका छन । ढाडमा गोली लागेको गुण्डा लामाको अहिले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

हेल्थ क्लबको गेटबाट भित्र छिर्न लागेका दावामाथि मास्क लगाएको युवाले गोली हानेका हुन । महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसीका अनुसार लामामाथि पछाडिबाट गोली प्रहार भएको हो । उनको ढाडमा गोली लागेको छ । प्रहरीले सिसिटिभी फुटेज निगरानी गरेर गोली हान्नेको पहिचान गरिसकेको जनाएको छ ।

करिव एक महिनाअघि काठमाडौंको दरबारमार्गमा रहेको डेजाभु डिस्कोमा झगडा हुदाँ संचालक राम गिरीमाथि लामाले हातपात गरेका थिए । प्रहरीले राम गिरीको समूहले उनीमाथि गोली हानेको हुन सक्ने अनुमान गरेको छ । लामा सबैभन्दा पहिले दीपक मनाङगे समूहमा थिए ।

त्यसपछि उनी गणेश लामाको समूहमा आएका हुन । गणेश लामाको समूहपछि दावा विष्णु लामासँग मिलेका थिए । जुवा खेल्दा १ करोड हिनामिना गरिदिएको भन्दै विष्णु लामासँग पनि उनको विवाद भएको थियो । दावा अहिले आफ्नै गुन्डागर्दीमा सम्लग्न छन ।

गुण्डा दावालाई कांग्रेस सांसद तीर्थ लामाले साथ दिदैँ आएको प्रहरीले जनाएको छ । दावा लामाले जोरपाटी नयाँबस्तीमा नयाँ घर बनाएका छन् । उनी त्यहीँ बस्छन् । उनी बेला बेलामा युवाहरु लिएर सिक्किमसम्म जुवा खेल्न पुग्छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्