प्रधानमन्त्री बिरुद्ध सिलवालको मुद्धा, सरकार ढल्नसक्ने
प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले सरकारले गैरकानुनी रुपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको जनाउँदै आफूलाई महानिरीक्षक बनाउन माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री, गृहमन्त्रालय लगायतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा पाउने कानुनप्रदत्त हकमाथि आघात सिर्जना भएको हुँदा मन्त्रिपरिषद्को सोमबारको निर्णय बदर गरी आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गरिएको छ ।
निवेदनमा चार वर्षको कार्यसम्पादन मूल्याङ्कनमा आफूले २६३ र प्रकाश अर्यालले २६२ अङ्क प्राप्त गरेको हुँदा आफू कार्यसम्पादन र मूल्याङ्कनमा अगाडि भएको उल्लेख छ । तर सरकारले तयार पारेको कार्यसम्पादन मुल्यांकनमा अर्यालको सबभन्दा बढी १५४.२ र नवराज सिलवालको १५२.४ अंक देखाईएको छ ।
यसअघि प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई सरकारले बढुवा गरेपछि सो कार्यान्वयन नगराई आफूलाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक बनाउन माग गर्दै सिलवालद्वारा दायर गरिएको निवेदनमा अदालतले चार वर्षको कार्यसम्पादन र मूल्याङ्कनका आधारमा वरिष्ठतमलाई बढुवा गर्न आदेश दिएको थियो ।
तर, सरकारले सो आदेश बमोजिम सिलवाललाई आईजी नबनाएर अदालतको आदेशको उल्लंघन गरेको छ । जसकारण पुष्पकमल दाहाल नेतृत्वको सरकार नै धरापमा परेको बताइन्छ । यसअघि २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकार सेनाका कारण ढलेको थियो । अहिले प्रहरीका कारण त्यस्तो अवस्था आउनसक्ने अनुमान गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्