सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राष्ट्रपति विद्यादेवी भण्डारीको विमानस्थलमै अपमान

राजकीय भ्रमणका क्रममा भारत पुगेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि भारतले महिला तथा बालबालिका राज्यमन्त्री कृष्णा राजलाई विमानस्थल पठाएर अपमान गरेको छ ।  भण्डारीलाई स्वागत गर्न भारतले कनिष्ट राज्यमन्त्रीलाई विमानस्थल पठाएपछि यस्तो आलोचना शुरु भएको हो ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउदा राष्ट्रपति भण्डारी स्वागतका लागि आफैं विमानस्थल पुगेकी थिइन् । ‘राष्ट्रपतिको स्वागतका लागि भारतीय राष्ट्रपति वा प्रधानमन्त्री आउनु  राज्यमन्त्री पठाउनु नेपालको अपमान हो, कुटनीतिक मर्यादा विपरितको कदम हो ।’

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ करीव पाँच महिनाअघि भारत भ्रमणमा जाँदा त्यहाँकी परराष्ट्र मन्त्री सुष्मा स्वराज स्वागतका लागि विमानस्थल पुगेकी थिइन् । परराष्ट्र मामिलाका जानकारहरूले भारतले २०४७ सालपछि नेपालका प्रधानमन्त्री, मन्त्री जाँदा अवहेलनापूर्ण व्यवहार गरेको बताएका छन्  । ‘आफूले भनेअनुसार गर्दा भारतले प्रोटोकल मिलाउँछ । गिरिजाप्रसाद कोइरालाको स्वागतका लागि मनमोहन सिंह आएका थिए’ य भारत अहिलेका शासकको व्यवहारसँग सन्तुष्ट छैन भन्ने सन्देश पनि हो ।

जानकारहरूले नेपालका प्रधानमन्त्री र शासकहरूले हामी भारत भन्दा तल हा भन्ने व्यवहार पटक –पटक दर्शाएका कारण भारतले सधैं कुटनीतिक मर्यादा विपरितका काम गर्ने गरेको उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गएको भदौमा भारत भ्रमणमा जाँदा स्वागतका लागि विदेशमन्त्री शुष्मा स्वराज आफै उपस्थित भएकी थिइन । राष्ट्रपतिलाई स्वागत गर्न आएकी राज्यमन्त्री राज सुष्मा भन्दा कनिष्ठ हुन् ।

समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी ३४ सदस्यीय टोलीसहित सोमबार नयाँदिल्ली गएकी हुन् । भारत बसाइको क्रममा उनले समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी आउँदो शुक्रबार स्वदेश फर्किनेछिन् । राष्ट्रपति भारत जाने दिन सार्बजनिक विदा दिएको सरकारले उनी फर्किने दिन शुक्रबारको विदा भने फिर्ता लिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्