सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा खोलामा डुबेर एक नेपाली युवाको मृत्यु

जापानको तोचिगीकेनस्थित उचुनोमियामा पौडी खेल्न गएका एक नेपाली युवाको खोलामा डुबेर निधन भएको छ । नेपालमा झापा घर भई सन् २०१८ मा विद्यार्थी भिषामा जापान आएका विवेक सापकोटाको खोलामा डुबेर निधन भएको बताइएको छ ।

अपरान्ह करिब ३ बजेको समयमा स्थानीय खानुगावा खोलामा पौडी खेल्न पसेका सापकोटा खोलामा डुबेर बेपत्ता भएका थिए । उनी डुबेको थाहा पाउने बित्तिकै तत्काल खोजी गरेपनि नभेटाएपछी तुरुन्तै प्रहरीलाई खबर गरेको संगै गएका साथीहरुले बताएका छन् ।

प्रहरीले दुई घण्टा पछि खोलाबाट सापकोटाको शव निकालेको बताइएको छ । दुई घण्टासम्म खोजेर नभेटाएपछी डुंगा मार्फत खोजी गर्दा सापकोटाको शव प्रहरीले डुबेको स्थानबाट करिब सय मिटरको दुरीमा फेला पारेको थियो । हेलिकप्टरबाट समेत सापकोटाको खोजी गरिएको थियो ।

सापकोटा सहित १२ जना साथी आज बारबीक्यु गर्न उक्त खोलामा गएका थिए । संगै रहेका साथीहरु खोला किनारमा रहेको समयमा उनी खोलामा पौडी खेल्न हाम फालेको संगै रहेका साथीहरुले बताएका छन् ।

kinugawa river utsunomiya
फाइल तस्विर

दुईपटक उनले बचाउ भनेर हात दिएको तर त्यसपछी उनलाई बचाउन साथीहरुले हाम फालेपनि उनी बेपत्ता भएको संगै गएका साथीहरुले बताएका छन् । उनले आफुलाई पौडी खेल्न नआउने समेत साथीहरुलाई बताएका थिए । तर सबै साथीहरु आफ्नै सुरमा भएको बेला उनले एक्कासी हाम फालेको संगै गएका साथीहरुले बताएका छन् ।

सापकोटाको शव हाल स्थानीय अस्पतालमा राखिएको छ । कुन अस्पतालमा राखिएको छ भन्ने बारे प्रहरीले केही खुलाएको छैन । उमेरले २२ बर्ष पुगेका सापकोटाले करिब २ महिना अगाडी मात्रै शरनार्थीका लागी जापान अध्यागमनमा आवेदन दिएको खुल्न आएको छ ।

प्रहरीले हाल अनुसन्धान भइरहेकाले घटनाको बारेमा कुनै जानकारी दिन नसकिने बताएको गैर आवासीय नेपाली संघ जापानका क्षेत्रिय सचिव विकास वस्नेतले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्