आईजीपी हुन नसकेका चन्द बने जिम्मेवारीबिहिन
सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) मा प्रकाश अर्याल नियुक्त गरेपछि डिआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका छन् । सर्वोच्च अदालतले चन्दलाई आइजिपीमा नियुक्त गर्ने सरकारको फैसला उल्टाईदिएपछि उनी फेरि नियुक्त हुने सम्भावना समाप्त भएको थियो ।
सरकारले अर्याललाई गत सोमबार आइजिपी नियुक्त नगर्दासम्म चन्दले प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा हाजिर गरेका थिए । अर्याल आइजिपी भएपछि चन्दले गृहसचिवसँग हाजिर गरिरहेको बताएका छन ।
फागुन १ गते सरकारले आइजिपी नियुक्त गर्नुअघि चन्द अपराध अनुसन्धान विभागअन्तर्गत लागूऔषध नियन्त्रण ब्युरो (एनसिबी) को प्रमुख थिए । आइजीपी नियुक्त भए लगत्तै उनले लागुऔषध ब्युरोको जिम्मेवारी हस्तान्तरण गरी प्रहरी प्रधान कार्यालयमा हाजिर गर्न थालेका थिए ।
सरकारको निर्णयमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि पनि उनले हेर्डक्वार्टरमै हाजिर गरिरहेका थिए । आईजीपीमा प्रकाश अर्याल नियुक्त भईसकेपछी भने चन्द जिम्मेवारी बिहिन भएर गृहसचिवसँग हाजिर गरिरहेका छन ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्