वडा सदस्य बन्न रिंकुदेवीले गरिन सम्बन्धबिच्छेद
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेद्वार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्धविच्छेद गरेकी छन् । वडा सदस्यमा उम्मेद्वारी दिन विराटनगर १९ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारुसँग सम्बन्धविच्छेद गरेकी हुन् ।
पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिएको हो । सम्बन्धविच्छेदपछि रिंकुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट माइतीको थरबाट नागरिकता समेत लिएकी छन् ।
उनलाई दलित महिला कोटाबाट नेकपा एमालेले विराटनगर ११ को वडा सदस्यमा सिफारिस गरेको छ । दलित महिला कोटामा उक्त वडाबाट सदस्यमा एमालेको सिफारिसमा पर्ने एकजना मात्रै भएपछि उनी उम्मेदवार बन्ने निश्चित छ ।
स्थानीय निर्वाचनमा सबै स्थानीय निकायका प्रत्येक वडामा चुनावी दौडमा रहेका दलहरुले एकजना दलित महिलालाई सदस्य पदमा अनिवार्य उम्मेदवार बनाउनु पर्ने नीति छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्