नायिका करिश्माले दिईन राजेश हमाललाई चुनौती
नायिका करिश्मा मानन्धरले नायक राजेश हमाललाई काठमाण्डौबाट स्वतन्त्र पदमा मेयर लड्न चुनौती दिएकी छिन । सोमबार बेलुकी नायक राजेश हमालले भारतमा राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान भएको भन्दै स्टाटस लेखेपछि नायिका करिश्मा मानन्धरले उनलाई फेसबुक मार्फत नै यस्तो चुनौती दिएकी हुन ।
नायिका करिश्मा मानन्धरले फेसबुक स्टाटसमा लेखेकी छिन–‘राजेश हमाललाई सुझाव, यदि हजुरलाई नेपाली समाज र देशको चिन्ता छ भने काठमाण्डौबाट मेयरको लागी स्वतन्त्र चुनाव लड्नुहोस् । मेरो भोट तपाइलाई हुनेछ ।’
करिश्माले राजेश हमाललाई घुमाउरो शैलीमा फेसबुकमा मात्र नभएर व्यवहारमै देशको माया गर्न चुनौती दिएको वुझ्न सकिन्छ । राजेश हमालले करिश्माको यो चुनौतीलाई कसरि लिने हुन, यो भने हमालको नीजी कुरा हो ।
आफ्नो समयताका नेपाली फिल्म नगरीमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको जोडी लगभग एकछत्र जस्तै छाएको जोडी हो । यो जोडीले अभिनय गरेका धेरै चलचित्र सुपरहिट पनि भएका छन् । तर, यतिबेला समय बदलिएको छ ।
राजेश हमाल कुनै पनि पार्टीमा नलागी स्वतन्त्र रुपमा आफ्नो मत व्यक्त गरिरहेका छन् भने नायिका करिश्मा मानन्धर बावुराम नेतृत्वको नयाँ शक्तिकी केन्द्रिय सदस्य हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्