सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

काठमाण्डौको मेयरमा २१ बर्षिया रन्जुको उम्मेद्वारी

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा देशको केन्द्र अर्थात राजधानी काठमाण्डौमा प्रमुख राजनीतिक दलका चर्चित नेता देखी समाजका चर्चित अनुहारसम्मले मेयरका लागी उम्मेद्वारी दिने हल्ला चलिरहँदा विवेकशील नेपाली दलकी रन्जु दर्शनाले पनि महानगरको मेयरका लागी उम्मेदवारी घोषणा गरेकी छन् ।

विवेकशिल नेपाली दलले महानगरको मेयरका लागी २१ वर्षीया रन्जु दर्शनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । विवेकशिल दलले उपमेयर, वडाध्यक्ष र सदस्यको उम्मेदवार भने पछि तय गर्ने जनाएको छ ।

राजधानी काठमाडौंलाई संसारकै सुन्दर सहर बनाउने सपनालाई आत्मसात गर्न र त्यस अभियानको नेतृत्व गर्न उर्जाशील युवा पुस्ता नै सबैभन्दा बढी उपयुक्त हुने भएकाले रन्जुलाई चयन गरिएको विवेकशिल दलले जनाएको छ ।

वि.स.२०५२ सालमा काठमाडौँमा जन्मिएकी रन्जु स्नातक तह अध्ययनरत छिन् । तीन वर्षअघि विवेकशीलसँग जोडिएकी उनी डा. गोविन्द केसीको समर्थनमा भएका आन्दोलनमा पनि सक्रिय थिइन् । मेयरकी उम्मेदवार रन्जु दर्शनाले राजनीतिक सिन्डिकेटलाई तोड्ने र काठमाडौँलाई संसारकै सुन्दर बनाउने योजना रहेको बताएकी छिन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्