सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अड्केको गोली निकाल्न तीन दिनपछी अस्पताल

ललीतपुरमा आइतबार बेलुका गोली प्रहारको घटना भएको छ । आइतबार बेलुका सन्तोष खड्कालाई गोली हानिएको हो । चैत २९ मा गौरीघाटको दिव्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो ।

ललितपुर घटनामा घाइते उपचारका लागि पाटन अस्पताल पुगेपछि मात्र प्रहरीको जानकारीमा आएको हो । गोली लागेको तस्रो दिन घाइते उपचारका लागि अस्पताल भर्ना हुनु, प्रहरीलाई जानकारी नगराउनु जस्ता कारणले घटना रहस्यमय भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

क्रिस्चियन महासंघको सचिवसमेत रहेका खड्का मंगलबार बिहान पाटन अस्पताल पुगेका थिए । कम्मरमुनि गोली अड्केको एक्सरे बोकेर उनी अस्पताल पुगेका थिए ।

खड्काको दाबीअनुसार आइतबार बेलुका घर फर्कने क्रममा ललतिपुरको जिल्ला प्रशासन कार्यालय पछाडीको सडकमा केही पड्किएको आवाज उनले सुनेका थिए । उनी मोटरसाइकलमा थिए ।

उनी मोटरसाइकल नरोकी सीधै कोठामा पुगे । सर्ट खोल्दा रगत देखेपछि घाउ लागेको चााल पाएको प्रारम्भिक बयान खड्काले दिएको प्रहरीले जनायो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्