सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भारतीय गृहमन्त्रीले भने–‘सुपुर्दगी सन्धि गरौँ’

भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट भारतलाई सुरक्षामा उल्लेखनीय सहयोग भइरहेको भनेर प्रशंसा गर्दै सुपुर्दगी सन्धि एवं आपसी कानुनी सहायता सन्धि गर्न प्रस्ताव गरेका छन् । नेपाल र भारतबीच यसबारे तीन वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि सैद्धान्तिक सहमति भएको थियो ।

यसबीचमा यो विषयमा मौन रहेको भारतले तीन वर्षपछि पुनः प्रस्ताव गरेको हो । ‘सुपुर्दगी सन्धि र आपसी कानुनी सहायतासम्बन्धी सन्धिलाई स्पिड अप गर्न पाए हुन्थ्यो भन्नेमा गृहमन्त्रीको जोड थियो,’ परराष्ट्रमन्त्री प्रकाशशरण महतले भने, ‘कानुनी प्रावधान हेरेर यसबारे थप छलफल गरौँ भन्ने कुरा हामीले राख्यौँ ।’

भारतीय गृहमन्त्री राजनाथ सिंहले दुई देशबीच सम्बन्धको बृहत् आयाम रहेको भन्दै सानातिना कुरामा अल्झिनु नहुने राष्ट्रपति विद्यादेवी भण्डारीसँग बताएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS