जापानबासी नेपालीसँग जिवन रक्षाका लागी आग्रह
गुन्माकेनस्थित फुजिओका हस्पिटलमा उपचार गराईरहेका दोलखाका उज्जवल बस्नेतको उपचारमा आर्थिक सहयोग गरिदिन तोचिगी नेपाली समाजले जापानबासी नेपालीहरुलाई अपिल गरेको छ । अकस्मात पेट दुखी अस्पताल भर्ना भएका बस्नेतले उपचार खर्च बेहोर्न नसक्ने भएपछी उपचारमा सहयोग गरिदिन उनले तोचिगी नेपाली समाजमार्फत सबैसँग आग्रह गरेका छन ।
दोलखा लाँकुरी डाँडाका उज्जवल बस्नेत (बासु) अप्रिल ४ तारिखमा एक्कासी पेट दुखेर ताकासाकीको फुजिओका जनरल हस्पिटलमा भर्ना भएका थिए । उनको पेटको अप्रेसन गरेर हाल आईसियुमा राखेर उपचार भईरहेको छ । बस्नेतको स्वास्थ्यमा हालसम्म पनि कुनै सुधार नआएको बताईएको छ ।
बस्नेतको उपचारका लागी हालसम्म करिब १५ लाख खर्च लागीसकेको तोचिगी नेपाली समाजलाई अस्पतालले जानकारी गराएको छ । उनको उपचारका लागी अँझै खर्च लाग्ने अस्पतालले जनाएको छ । बस्नेतको उपचारका लागी सक्दो आर्थिक सहयोग गरि उनको जिवन रक्षा गरिदिन तोचिगी नेपाली समाजले सबैसँग अपिल गरेको छ ।
उपचारारत बस्नेतले तोचिगीकेनको टिबिसी गाक्कोबाट निहोन्गो गाक्को र ओरियन आईटी कलेजबाट सेन्मोन गाक्को सकाएका छन । हाल उनी स्युसोकीको लागी गुन्माकेनको ताकासाकीमा बस्दै आएका थिए । बस्नेत ४ बर्ष पहिले जापान आएका हुन ।
सहयोगका लागी
JP Bank को Account No.
10770-17923121
バスネト ウジエウル
सम्पर्क
बिजय श्रेष्ठ:- 08043828925
सरद गिरि:- 080 6497 0740
महेस लुइटेल:- 080 3359 8077
फेसबुकबाट कमेन्ट गर्नुहोस्