जापानको योकोहामामा लुकेर बसेका ठग गोविन्द
गोरखा स्थायी घर भएकी अमृता ढकालको ठमेलमा गारमेन्टको पसल छ । २०७२ सालको भूकम्पले उनको घर भत्कियो । भुकम्पबाट आक्रान्त बनेकी अमृताको सम्पर्कमा डाक्टर क्रिस त्रिपाठी भनेर आफुलाई चिनाउने कास्की पुरुन्चौर ३ का गोविन्द प्रसाद तिवारी सम्पर्कमा आए ।
बुवा नभएपछि आमा र ५ बहिनी एक भाईको रेखदेख गर्दै आएकी अमृतालाई बहिनि सहित जापान लैजाने भनि तिवारीले फकाएपछि उनले पटक–पटक गरि तिवारीलाई ३१ लाख रुपैयाँ भन्दा बढी रकम बुझाईन । यति मात्र होईन गार्मेन्टको सामान राम्रो भाउमा बेचिदिने भन्दै १४ बोरा गार्मेन्टको सामान पनि दिईन् ।
त्रिपाठी ठग भएको भनि आशंका लागेपछि उनले डा.क्रिस त्रिपाठी भन्ने ब्यक्तीबारे खोजी गरिन । खोज्दै जाँदा उक्त व्यक्ती गोविन्द प्रसाद तिवारी भन्ने ठग हो भनि थाहा पाएपछि त्रिपाठी विरुद्ध प्रहरी र रोजगार विभागमा केस गरिन् ।
उनले केस गरेपछि त्रिपाठीले तीन पटक सम्म गुण्डा लगाएर अमृता ढकाल माथी आक्रमण नै गरे । एकएक पैसा गरि जम्मा गरेको उनको सबै रकम दलालले लगे पनि रुनु बाहेक अन्य विकल्प छैन अमृतासंग । अमृता ढकालले त्रिपाठी विरुद्ध मुद्धा दर्ता गरेपछि प्रहरी, सिविआई र ईन्टरपोलले त्रिपाठीलाई खोजि रहेको छ ।
त्रिपाठी अहिले पनि जापानको योकोहामा भन्ने ठाउँमा लुकेर बसेको पाईएको छ । त्रिपाठीले अमृता सहित देवि प्रसाद दाहाल, किशोर शर्मा, सञ्जय सापकोटा, पुरुषोत्तम आचार्य लगायत धेरैलाई ठगेको खुल्न आएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्