देशभरी १८ हजार ५ सय ७२ मतदान केन्द्र हुने
आसन्न स्थानीय तहको निर्वाचनमा देशभरी १० हजार ६४० मतदान स्थल हुने भएका छन । निर्वाचन आयोगको बुधबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मतदान केन्द्र भने १८ हजार ५ सय ७२ निर्धारण गरिएको छ । एक मतदान स्थानमा एक भन्दा बढी केन्द्र पनि हुन्छन् ।
आयोगको कार्यतालिका अनुसार चैत २० मा नै मतदान केन्द्रहरु निर्धारण भइसक्नु पर्ने थियो । तर, मधेस केन्द्रित दलहरुको अवरोधका कारण प्रदेश नम्बर २ बाट सिफारीस आउन ढिलाई भएका कारण बुधबार मात्र निर्णय भएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्