नवराज सिलवाललाई हेडक्वाटरले माग्यो स्पष्टिकरण
प्रहरी प्रधान कार्यालय, नक्सालले डीआईजी नवराज सिलवाललाई स्पष्टीकरण सोधेको छ । प्रकाश अर्याल प्रहरी महानिरीक्षक (आईजीपी) भएपछि सिलवालले प्रहरी समन्वय समिति (पीसीसी) सहितका बैठकहरु बहिस्कार गर्दै आएपछी हेडक्वाटरले स्पष्टिकरण सोधेको हो ।
हेडक्वाटरले बैठकमा किन अनुस्थित नभएको भन्दै सोधेको स्पष्टिकरण पत्र बुझ्न सिलवालले आनाकानी गरेका छन् । सीआईबीको कार्यालयमा छाडिएको स्पष्टीकरण पत्रमा सिलवाललाई मंगलबारसम्म जवाफ दिन भनिएको छ ।
सिलवालले दिने जवाफका आधारमा हेडक्वाटरले कस्तो कदम चाल्ने भन्ने निर्णय लिने बताईएको छ । अर्यालले आईजीपीमा बढुवा भएको भोलिपल्टै पीसीसीको बैठक बोलाएका थिए । आईजीपीका दाबेदार जयबहादुर चन्द बैठकमा उपस्थित भएपनि सिलवाल गएनन् ।
त्यस यता पनि उनी कुनै पनि बैठकमा सहभागी भएका छैनन् । सरकारले जयबहादुर चन्दलाई डीआईजी बनाएपछि सिलवाल त्यसविरुद्ध सर्वोच्च गएका थिए । सर्वोच्चले उनलाई आईजीपी बनाउनु भन्ने आशयसहित आदेश दिएको थियो ।
तर, सरकारले सर्वोच्चको आदेश अनुसार चार वर्षको कार्यसम्पादन मूल्यांकनमा अर्याल अगाडि देखिएको भन्दै उनलाई आईजीपी बनाउने निर्णय र्गयो । सिलवाल यो निर्णयविरुद्ध पनि सर्वोच्च गए तर, उनको माग अनुसार अर्याललाई आईजीपीको काम नगर्न नगराउन अन्तरिम आदेश दिएन ।
सर्वोच्चले कार्यसम्पादन मूल्यांकनको सक्कल कपी नै मागेको छ र, यसबारे पूर्ण इजलासमा १९ गते सुनुवाई हुँदैछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्