आयोगले नहटाउने भो राप्रपाको हिन्दु राष्ट्र र राजतन्त्र
राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने पूर्व निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ । आयोग पछि हटेपछि राप्रपाले घोषित विरोधका कार्यक्रमहरु पनि फिर्ता लिएको छ ।
राप्रपाको विधानबाट राजतन्त्र र हिन्दुराष्ट्र हटाउने निर्णय हालका लागि स्थगित गर्ने आयोगले निर्णय गरेको हो । आयोगको यस्तो निर्णयपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले संघर्षका कार्यक्रमहरु फिर्ता लिएको र अब चुनावमा केन्द्रित हुने बताएको छ ।
तर, चुनाव सकिएपछि फेरि यो विषयलाई अगाडि बढाइने राप्रपाले जनाएको छ । साथै सत्तापक्षमा रहेर राप्रपाले निर्वाचन आयोग विरुद्ध आन्दोलन गरेको भन्दै आयोगले जनाएको आपत्तिप्रति राप्रपाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
आफ्नो पार्टी सविधान, कानून र निर्वाचन आचार संहिताप्रति प्रतिवद्ध रहेको विज्ञप्तिमार्फत राप्रपाले स्पष्ट पारेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्