सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गाउँगाउँमा चुनावी चर्चा, फलेवासको भंगरामा शर्मा

यतिबेला देश स्थानीय तहको चुनावी माहोलमा होमिएको छ, गाउँ र नगरमा उमेद्वार कस्लाई बनाउने ? कस्ले जित्ला ? भन्ने चर्चा हुनथालेको छ । यसै सन्दर्भमा पर्वत जिल्ला फलेवास नगरपालिका वडा ९ मा नेकपा एमालेले गंगाधर शर्मालाई अघि सारेको छ ।

निडर, सक्षम र पारदर्शी तथा बिकासवादी नेताको रूपमा चिनिएका शर्मालाई एमालेले निकै बलियो उमेद्वारको रूपमा लिएको स्थानिय नेताहरू बताउँछन् । पार्टीमा सक्षम र पारदर्शी नेताको छबी बनाएका शर्मा पञ्चायतकाल देखि निरन्तर संघर्षमा छन् ।

सोही वडाका स्थानीय ध्रुब सुवेदी भन्छन–‘जनताको अधिकारको निम्ति आवाज उठाउँदा उहाँ पटक–पटक जेल समेत बस्नु परेको थियो, बिकासवादी र सक्षम ब्यक्ति भएको हुनाले उहाँलाई जिताउनुको बिकल्प छैन ।’ पार्टीगत रूपमा उमेद्वारी घोषणा भएपनि अन्तमा शर्मालाई सबैले सहयोग गर्ने सुवेदीको विश्वास छ ।

स्थानीय समाजसेवी युवराज सुवेदी भन्छन–‘हामी सँगै जेल बस्दा गंगाधर सरलाई मैले राम्रोसंग चिन्ने मौका पाएको छु । भंगराको बिकासको लागी उहाँसंग प्रशस्त योजनाहरू छन् । अहिलेको अवस्थामा भंगरामा गंगाधर शर्माको विकल्प छैन ।’

भंगरामा माओवादी केन्द्रबाट नरेन्द्र प्रसाद शर्माको चर्चा भएपनि सहमति जुट्न सकेको छैन । त्यस्तै नेपाली कांग्रेसबाट को उठ्ने भन्ने टुंगो लाग्न सकेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्