सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

खटाएको ठाउँमा नजाने कर्मचारी ३५ दिनभित्र बर्खास्त

सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई ३५ दिनभित्र जागिरबाट बर्खास्त गर्ने र दुई वर्षसम्म खुला वा बढुवाबाट पदपूर्ति नगर्ने व्यवस्था सहितको कर्मचारी समायोजन विधेयक मन्त्रिपरिषदको समितिले पारित गरेको छ ।

समितिको आइतबारको बैठकले विधेयक पारित गरेको हो । विधेयक व्यवस्थापिका संसदमा पेस गर्ने निर्णय पनि समितिले गरेको छ । आकर्षक र सुगम ठाउँमा कर्मचारीको भीड हुने तर दुर्गममा जानै नमान्ने प्रवृत्तिले सार्वजनिक प्रशासन अस्तव्यस्त बनिरहेका बेला सरकारले निजामति कर्मचारीलाई तीनवटै तहमा खटाउन सक्नेगरी कर्मचारी समायोजन ऐन बनाउन लागेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले विधेयक मन्त्रिपरिषद्को समितिबाट पारित भई संसदमा पठाउने प्रक्रियामा रहेको जानकारी दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्