ईपिएस फारम भरेका १५ हजारको त्रुटी भेटियो
रोजगार अनुमति प्रणाली(ईपिएस) अन्तर्गत कोरिया जानका लागि भरेको भाषा परीक्षाको दरखास्तमा १५ हजार जनाको त्रुटि फेला परेको छ । पहिलोपटक अनलाइनमार्फत दरखास्त संकलन गरिएकोमा १५ हजार निवेदकमध्ये केहीले फोटो, केहीले नाम तथा जन्म मितिमा फरक विवरण भरेका हुन् ।
चैत ९ देखि १८ गते राति १२ बजेसम्म संकलन गरिएका दरखास्तमध्ये अधिकांशको त्रुटि सच्याएर कोरिया पठाइसकिएको इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिएका छन ।
यसपटक कोरियन भाषा परीक्षामा सहभागी हुन ७५ हजार पाँच सय ३ जनाले दरखास्त दिएका छन् । दरखास्त दिएकाको आउँदो जेठ २७ र २८ गते चार सिफ्टमा परीक्षा लिने व्यवस्था मिलाइएको नागरिक छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्