प्रहरी स्कुलमा कुन्दनको मृत्युबारे नयाँ खुलासा
सामाजिक सञ्जालको लोकप्रियता बढेसँगै दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन् । यसैको पछिल्लो कडीको रुपमा सामाखुशीमा रहेको प्रहरी विद्यालयका छात्र कुन्दन थापाको मृत्यु प्रकरण देखिएको छ । उनको मृत्युको कारण फेसबुकको दुरुपयोग देखिएको छ ।
घटनाको छानबिन गर्न गठित समितिले सहपाठीसँग बदला लिन १४ बर्षीय कुन्दनले फेसबुकमा नम्कली खाता खोलेर अश्लील समाग्री राखेको घटना खुलेपछि आत्तिएर आत्महत्या गरेको निष्कर्ष निकालेको हो ।
आठ कक्षामा पढ्ने थापा चैत १७ गते विद्यालय प्रांगणमा मृत अवस्थामा फेला परेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्