सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

क्यानडामा नेपाली विद्यार्थीको अकस्मात निधन

उच्च शिक्षा अध्ययनका लागि क्यानाडा आएकी नेपाली विद्यार्थी शर्मिला डंगोलको अकस्मात निधन भएको छ । शनिबार बिहान घरमै बसिरहेको बेला उनको अकस्मात मृत्यु भएको हो । श्रीमान् सहित तीन महिना अघीमात्र क्यानाडा आएकी डंगोल मिसिसागास्थित सिआरडी कलेजमा पिसएसड्ब्लु (नर्सिङ) पढ्दै आएकी थिईन् ।

परिवार स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो, घरको नियमित कामसंगै कलेज आउने जाने गर्थिन । ह्रदयघातका कारण उनको निधन भएको हुनसक्ने परिवारको परिवारको आशंका छ । यद्धपी, पोस्टमार्टमको रिपोर्ट नआएसम्म मृत्युको कारण भने अहिले नै भन्न सकिने अवस्था छैन ।

पोस्टमार्टमका लागि उनको शब फोरेन्सिक हस्पिटल टोरोन्टो लगिएको छ । शोकाकूल परिवारलाई राहत दिलाउन एनआरएन क्यानडाले यहाँस्थित नेपाली समुदायलाई सकेको आर्थिक सहयोग गरिदिन आव्हान गरेको छ । ललीतपुर, पाटनकी शर्मिला डंगोल क्यानडाको ब्राम्टोनस्थित एक नेपालीको घरमा बस्दै आएकी थिईन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्