सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हिँजोसम्म एमाले थिएँ, अब काठमाण्डौबासीः शाक्य

काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाण्डौको विकासमा सबैसँग सहकार्य गर्ने बताएका छन् । उनले सुन्दर, सम्बृद्ध र सुरक्षित काठमाण्डौ बनाउने आफूहरुको लक्ष्य रहेको पनि बताएका छन ।

निर्वाचन परीणाम घोषणापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मेयर शाक्यले भने, ‘हिँजोसम्म म एमालेको प्रतिनिधि थिएँ । अब महानगरबासीको भएँ ।’

उनले अघि भने, ‘नेपाली कांग्रेससहितका सबै दलले सम्मानजनक मत पाएका छन् । सबैको चित्त बुझाएर महानगरको विकासमा सबैसँग सहकार्य गरेर अघि बढ्छु ।’ उनले एमाले सिंगो पार्टी आफ्नो पछाडि रहेको समेत बताएका छन ।

नवनिर्वाचित मेयर विद्याशुन्दर शाक्य कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । १३ दिनसम्म चलेको मत गणना शनिबार मध्यरातमा सकिएको थियो तर, औपचारिक घोषणा आइतबार बिहान मात्र भएका हो ।

शाक्यले ६४ हजार ९१३ मत पाएका छन् । उनका निकटमत प्रतिद्वन्द्वी कांग्रेसका राजुराजले ४५ हजार २६९ मत पाएका छन । विवेकशील नेपाली दलकी रञ्जु दर्शना तेस्रो भएकी छिन । उनले २३ हजार ४३९ मत पाएकी छन् । साझा पार्टीका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो भएका छन् ।

महानगरको उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी निर्वाचित भएकी छिन । उनले ५८ हजार ९५२ मत ल्याएकी छिन । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका छन भने तेस्रो स्थानमा रहेकी साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत पाएकी छिन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्