१ सय १६ यात्रुसहित बर्मेली सैनिक विमान बेपत्ता
म्यानमारको यांगुन तर्फ गईरहेको बर्मेली सैनिक विमान बेपत्ता भएको छ । ११ जना चालक दल सहित १ सय ५ यात्रु लिएर उडेको उक्त विमान उडान भरेको २० माइल पर पुगे पछि सम्पर्क विच्छेद हुन पुगेको म्यानमारका सैनिक अधिकारीहरुले जनाएका छन् ।
करिब मध्यान्हमा उडेको उक्त सैनिक विमान सैनिकका उच्च अधिकारी र तिनका परिवारहरु सहित उडेको थियो ।
म्यानमारको उक्त एयरफोर्स स्याङछि वाइ ८ विमान म्यानमारको दक्षिण शहरबाट सम्पर्क विच्छेद भएको जनाईएको छ । आन्दमान सागर माथि उड्दै गर्दा सम्पर्क विच्छेद भएको बताईएको छ ।
त्यहाँका अधिकारीहरुले मौसम सफा भएकाले विमानमा आएको प्राविधिक त्रुटिका कारण विमान दुर्घटना भएको हुन सक्ने अनुमान लगाएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्