पुर्वराजाको चिया बगानले २५ करोड कर तिर्न बाँकी
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ वर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइएको छ ।
आर्थिक वर्ष ०६२/६३ देखि अहिलेसम्म बगानले नगरपालिकालाई कर नतिरेको दमक नगरपालिकाका कर शाखा प्रमुख टीका दाहालले बताएका छन ।
आर्थिक वर्ष ०७३/७४ सम्ममा बगानले जग्गाको ३ करोड १५ लाख ६३ हजार ६ सय ७१ रुपैयाँ ६५ पैसा कर तिर्न बाँकी देखिएको उनले जानकारी दिएका छन ।
अहिलेको चलनचल्तीको भाउ र बगानभित्र रहेका अन्य संरचनाको सबै कर लगाउँदा बगानले २५ करोडभन्दा बढी तिर्नुपर्ने अवस्था आउने स्रोतको भनाइ छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्