सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सागर पुनको नेतृत्वमा ‘रुकुमेली समाज जापान’

बिभिन्न पेशा, व्यवसायका शिलशिलामा जापानमा बसोबास गर्दै आएका रुकुमेलीहरु संगठित भएका छन । जापानमा नेपालीहरु बिभिन्न रुपमा संगठित हुने क्रममा रुकुमेली समाज पनि थपिएको छ ।

आईतबार टोकियो स्थित सिञ्जुकुमा भेला भएका जापानवासी रुकुमेलीहरुले सागर पुनको नेतृत्वमा समाजको पहिलो कार्यसमिति चयन गरेका छन । नवगठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा प्रिन्स पुनमगर, उपाध्यक्षमा विक्रमराज मल्ल र महा–सचिवमा लोकेन्द्र बाँठा रहेका छन ।

त्यस्तै सचिवमा सविन वली, कोषाध्यक्षमा पोष्ट बहादुर वली चयन भएका छन । सदस्यहरुमा अरुण जी.एम., दिल कुमार खड्का, रेसम डाँगी, नवराज पुनमगर, मनोज ठकुरी, अनिल चन्द, सुशिल शाही रहेका छन ।

त्यस्तै सुरेश सिंह ठकुरी, हरी खड्का, पासाङ पुन मगर, जगदिस घर्तीमगर, हिमसिखर रसाईली, सागर बाँठा मगर र दलजीत खड्का पनि सदस्यमा चयन भएका छन ।

भेलाले कुमार डाँगी, सन्तोष खड्का र अनिल शाहीलाई सल्लाहकारमा चयन गरेको छ । नबगठित रुकुमेली समाजको कार्यसमितिका अध्यक्ष सागर पुनमगरले चाँडै जापानबासी रुकुमेलीको बृहद भेला आयोजना गर्ने बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्