सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नयाँ शक्तिका नेता जापानको एयरपोर्टबाटै डिपोर्ट

डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका नेताहरूलाई जापान अध्यागमनले बिमानस्थलबाट फिर्ता पठाएको छ । पार्टीको जापानस्थीत भातृ संगठन अन्र्तराष्ट्रिय नेपाली समाज जापानको प्रथम महाधिवेशनमा सहभागी हुन जापान आउने क्रममा शनिबार बिहान प्रदेश प्रादेशीक समितीका उप–संयोजक शंकर भण्डारी र नेता कुमार पौडेललाई टोकियो स्थित हानेदा एयरपोर्ट अध्यागमन बिभागले फिर्ता पठाएको हो ।

उनीहरूलाई हानेदा एयरपोर्ट अध्यागमनले करिव ३ घण्टा नियन्त्रणमा लिएर फिर्ता पठाएको अन्तराष्ट्रिय नेपाली समाज जापानका एक नेताले स्वीकार गरेका छन । यस अघि २००८ सालमा विद्यार्थी भिषामा जापानी भाषा अध्ययनका लागी जापान आएको भण्डारीलाई जापानी महिलामाथी हातपात तथा दुब्र्यबहार गरेको कारण जापान प्रहरीले केही समय हिरासतमा राखेर नेपाल फर्काएको थियो ।

भण्डारीको साथमा आएका नेता पौडेललाई भने लगेजमा पार्टीको ब्यानर र झण्डा भेटेपछी फिर्ता पठाएको हो । आईतबार टोकियोमा नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तराष्ट्रिय नेपाली समाजको प्रथम महाधिवेशनमा पौडेल बिशेष अतिथी र भण्डारी बिशिष्ठ अतिथीको रूपमा सहभागी हुन जापान आएका थिए ।

पछिल्लो समय जापान अध्यागमनले नेपालीहरूलाई बिशेष निगरानीमा राखेर अनुसन्धान गरिरहेको बिभिन्न संचार माध्यमहरूले समाचार प्रकाशित गरिरहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्