सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एनआरएनए जापानको सदस्यमा राजु पनेरुको उम्मेद्वारी

गैर आवासीय नेपाली संघको चुनाव नजिकिँदै गर्दा जापानमा पनि चुनावी सरगर्मी बढेको छ । चुनावी मिति नजिकिँदै गर्दा एनआरएनए जापानका पदाधीकारीहरु यतिबेला क्षेत्रिय समितिहरुको चुनावी दौडधुपमा लागेको छन ।

एनआरएनए जापानको नेतृत्व कसले गर्ला भन्ने चर्चा परिचर्चा चलिरहँदा बिभिन्न पदका आकांक्षिहरुले आफ्नो दाबेदारी देखाउन थालेका छन । यही चर्चा र परिचर्चाका बिचमा युवा नेता राजु पनेरुले पनि एनआरएनए जापानको सदस्यका लागी उम्मेद्वारी दिने घोषणा गरेका छन ।

गोरखा घर भएका युवा राजु पनेरुले आगामि कार्यसमितिका लागी सदस्यमा उम्मेद्वारी घोषणा गर्दै जापानबासी नेपालीहरुसँग सहयोगका लागी अपिलसमेत गरेका छन । पनेरु हाल जापानको तोचिगीमा बस्दै आएका छन ।

पनेरु हाल तोचिगीस्थित एक कम्पनिमा कार्यरत छन । एनआरएनएलाई अवसरका रुपमा उपयोग गर्दै समाजसेवामा लाग्ने आफ्नो उद्देष्य रहेको पनेरुले बताएका छन ।

यसअघि व्यवसायीहरु मात्रै एनआरएन हुन भन्ने मान्यता रहेकोमा यसपालीदेखी बिद्यार्थी, व्यापारी लगायत देश बाहीर बस्ने सबै नेपाली एनआरएन हुन भन्ने उदाहरणका रुपमा आफ्नो उम्मेद्वारी रहेको पनेरुले बताएका छन ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्