सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विकासको नेतृत्वमा एनआरएनए तोचिगी क्षेत्रीय समिति

गैर आवासीय नेपाली संघ जापानको क्षेत्रीय समिति तोचिगी सर्वसम्मत रुपमा चयन भएको छ । तोचिगीमा व्यवसाय गर्दै आएका विकास वस्नेतको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

वस्नेत नेतृत्वको कार्यसमितिमा सरोज भेटवाल र डेनी शेर्पा उप–संयोजकमा चयन भएका छन । त्यस्तै कमल बहादुर बोगटी सचिवमा चयन भएका छन । सह–सचिवमा अर्जुन गुरुङ्ग चयन भएका छन भने कोषाध्यक्षमा सुकु गुरुङ्ग (रोजि) चयन भएकी छिन ।

काषाध्यक्षमा चयन भएकी गुरुङ्ग निवर्तमान कार्यसमितिमा कोषाध्यक्षकै जिम्मेवारी बहन गरिसकेकी हुन । समितिका सदस्यहरुमा युवराज लामा, सुरेन्द्र अधिकारी, अमन घले, धिरज पौडेल, शिवराज राई, दिपक कुमार गुरुङ्ग र निमा शेर्पा चयन भएका छन ।

तोचिगी क्षेत्रीय समितिको अधिवेसनका लागी एनआरएनए जापानका अध्यक्ष सुदन थापा, उपाध्यक्ष तथा आगामी कार्यसमितिको अध्यक्षका आकांक्षि टासी लामा, सचिव तथा आगामी कार्यसमितिको महासचिवका आकांक्षि बुद्धिराज घिमिरे लगायतको उपस्थिति थियो ।

नवनिर्वाचित कार्यसमितिका पदाधीकारीलाई एनआरएनए जापानका अध्यक्ष सुदन थापाले सपथग्रहण गराएका थिए । अध्यक्ष थापाले नयाँ कार्यसमितिका पदाधीकारीलाई शुभकामना दिँदै एनआरएनएको मर्म र विधान अनुसार तोचिगीवासी नेपालीहरुको सुखदुखको सहयात्री बन्न आग्रह गरेका थिए ।

त्यस्तै उपाध्यक्ष टासी लामा, सचिव बुद्धिराज घिमिरे लगायतले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिएका थिए । निवर्तमान कार्यसमितिका संयोजक सुरेन्द्र श्रेष्ठले जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ कार्यसमितिले तोचिगीबासी आम नेपालीको नतृत्व गर्ने विश्वास व्यक्त गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिका संयोजक विकास वस्नेतले आफ्नो नेतृत्वको कार्यसमितिलाई जापानमा रहेका सबै क्षेत्रीय समिति भन्दा नमुना कार्यसमिति बनाउने प्रण गरेका थिए । वस्नेतले नेपालीको हकहित र सहयोगका लागी आफु सँधै तत्पर रहने पनि बताएका छन ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्