प्लास्टिकको चामल बिक्रि गर्ने शेरचन पक्राउ
प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले काठमाण्डौबाट एक ब्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले सानो भर्याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो ।
शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको भएको आशंकामा महानगरीय प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
चामल प्लास्टिकको हो होईन भन्नेबारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्