साढे ७० लाखको सुनसहित सुमन कुमार पक्राउ
भन्सार छलि गरेको डेढ किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिक हेटौँडाबाट पक्राउ परेका छन् । भारत बिहारको पूर्वी चम्पारण जटियाही पोष्ट जकीयारी बस्ने बर्ष ३५ का सुमन कुमारलाई प्रहरीले अबैध सुनसहित पक्राउ गरेको हो ।
काठमाडौंबाट वीरगञ्ज तर्फ जाँदै गरेको ना १ ज ४०२९ को टाटा सुमोलाई हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेस्थित प्रहरी चेकपोष्टमा शुक्रबार बिहान साढे सात बजे जाँच गर्ने क्रममा प्रहरीले सुनसहित भारतीय नागरिक सुमनलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका सुमनको साथबाट १ किलो ५१६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । यसको बजार मूल्य ७० लाख ५९ हजार रुपैयाँ पर्ने बताइएको छ ।
पक्राउ परेका सुमनलाई सुनसहित राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय बारा पथलैयामा बुझाइएको हेटौंडाका प्रहरी प्रवक्ता बामदेब गौतमले जानकारी दिएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्