सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चुडामणि बिरुद्ध १० अर्ब २ करोड भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आइतबार विहान विशेष अदालतमा शर्मासँगै कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएको हो ।

कर फछ्र्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम गरेको नदेखिएको भन्दै अख्तियारले छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गरेको छ । शर्मा अहिले पनि अख्तियारको हिरासतमा छन् । तर, महत र ढकाल भने फरार छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्