सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

माओवादीभित्र जम्बो केन्द्रिय समिति भंग गर्न माग

माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा जारी सचिवालयको विस्तारित बैठकको दोस्रो दिन जिल्ला इन्चार्जहरुले स्थानीय निर्वाचनमा पार्टीले हार्नु परेका कारणबारे रिर्पाेटिङ गरेका छन् ।

रिर्पाेटिङका क्रममा अधिकांशल ४ हजार संख्याको केन्द्रीय समिति विघटन गर्न माग गर्दै चुस्त र दुरुस्त केन्द्रीय समिति गठन गर्न माग गरेका छन् ।

उनीहरुले संगठन बिनाको जम्बो केन्द्रीय समतिको अर्थ नभएको भन्दै संगठन अभावकै कारण स्थानीय तहको चुनाव हार्नुपरेको गुनासो गरेका छन ।

मंगलबार जनार्दन शर्मा, उर्मीला अर्याल, टेकहादुर बस्नेत, रामराज रेग्मी, जीवन बुढा, रामदीप आचार्य, पूर्ण सुवेदी, रमेश मल्ल, कमला रोक्का, डिलाराम आचार्य, देवी खड्का, दधिराम न्यौपाने, प्रलाद र देवेन्द्र लगायतले बोलेका छन् ।

मंगलबार बोल्ने प्राय जिल्ला इन्चार्ज तथा संयोजकहरुले संगठन, श्रोत साधनको अभाव, भएको स्रोत साधन र आर्थिक परिचालन सन्तुलित ढंगले गर्न नसकेकै कारण पार्टीले हार व्यहोर्नु परेको रिपोर्ट पेश गरेका थिए ।

जिल्लाभर एउटै पनि स्थानीय प्रमुख नजितेको धनकुटा जिल्लाका इन्चार्ज हेमराज भण्डारीले अन्य इन्चार्जको भन्दा अलि फरक रिपोर्टिङ गरेका छन् ।

उनले स्थानीय चुनावमा धनकुटाबाट एक स्थानीय तह पनि नजितेपछि पार्टीको जिम्मेवारीबाट राजिनामा दिएका थिए । भण्डारीले लिखित रुपमै १७ वटा बुँदामा विस्तारित बैठकमा पराजयका कारण यसरी पेश गरेका छन् ।

यस्ता छन् भण्डारीले पेश गरेका कारणहरुः
–गुटबन्दी र स्वार्थ समुहको झुण्ड पाटीभित्र रुखको टुप्पोमा बसेर फेद गिड्ने आधुनिक कालिदास प्रवृति ।
–पार्टीभित्र साधनश्रोतको बाँडफाँड, आर्थिक परिचालन नीति सन्तुलित पारदर्शी र न्यायचित नहुनु ।
–चुनावी अनुभव कमजोर हुनु, संसदीय चलखेल सामदाम दण्डभेद नीतिलाई प्रयोग गर्न नसक्नु ।
–एमालेको माओवादीप्रतिको आक्रामक रणनीतिलाई बुझ्न नसक्नु ।
–राष्ट्रियताको विषयमा एमालेले ‘इमोस्नल व्ल्याकमेल’ गरेको कुरा जनतामाझ प्रश्ट पार्न नसक्नु ।
–कार्यकर्ता व्यवस्थापन अभावको कारणले आफ्नै कार्यकर्ता आर्थिक प्रलोभनमा पर्नु ।
–पार्टी संगठन भद्रगोल हुनु ।
–उम्मेद्वारी दिँदा नै पैसा र साधनश्रोत भएकालाई प्राथमिकता दिइरहेको, आधारभुत वर्गका कार्यकर्ताको मनोवल गिर्नु ।
– ठुला र प्रभावशाली नेता र मन्त्री भएका ठाउँमा बढि खर्च, साधन श्रोत पुग्ने तर अन्यत्र आकासको फल आँखातरी मर भन्ने हालत हुनु ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्