सचिव मैनालीलाई आईफोन, गाडी फिर्ता गर्न पत्र
निर्वाचन आयोगले सचिव गोपिनाथ मैनालीलाई पत्र लेख्दै गाडी फिर्ता गर्न आग्रह गरेको छ । सचिव मैनालीको केही समयअघि निर्वाचन आयोगबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएको थियो ।
आयुक्तहरुलाई विलासी गाडी किन्न रोक्दा आफ्नो सरुवा भएको बताएका थिए । अब आयोगले सरुवा भएको लामो समयसम्म पनि गाडी र आइफोन फिर्ता नगरेको भन्दै सचिव मैनालीलाई पत्र काटेको छ ।
प्रशासन हेर्ने उपसचिव महेशराज तिम्सिनाले पठाएको पत्रमा सचिव मैनालीले बा २ झ ४४९ नम्बरको ल्याण्डक्रुजर प्राडो, ल्यापटप र आईफोन सेभेन प्लस एक महिनासम्म फिर्ता नगरेको उल्लेख गरिएको छ ।
साथै पत्रमा चिठ्ठी बुझेको २४ घन्टाभित्र ल्यापटप, आइफोन लगायतका सामान फिर्ता गर्न भनिएको छ । आयोगका एक अधिकारीले सचिव मैनालीलाई सामान फिर्ता गर्न पत्र पठाएको पुष्टि गरेका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्