सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पुर्व माओवादी ताराले गरीन त श्रीमानको हत्या ?

आत्महत्या गरेको भनिएका पाँचथर याङवरक ४ साविक थर्पु १ का नरबहादुर दाहालको मृत्यू प्रकरण रहस्यमय भएको भन्दै आफन्तहरुले प्रहरीमा जाहेरी दिएका छन ।

असार २७ गतेदेखि घरदेखि हराएको भनिएका दाहाललाई २८ गते बिहान शंकास्पद अवस्थामा मृत भेटिएसँगै उनको मृत्यु आत्महत्या भन्दा पनि हत्या भएको भन्ने आफन्तहरुको दाबी छ ।

घर नजिकै मान्छे भन्दा होचो पोथ्रोमा गलामा डोरी लगाएको अवस्थामा शव भेटिनु, हात खुट्टा भाँचिएका पाइनु, घट्नास्थल आसपासको झारपात माडिएको नहुनु आदी कारणले दाहाललाई हत्या पश्चात त्यहाँ लगेर बाँधिएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएका छन ।

दाहालको हत्या उनकै श्रीमती तारा मावो (दाहालले) गरेको किटानी जाहेरीमा उल्लेख गरिएको छ । तारा र नरवहादुर विच लामो समयदेखि ठाकठुक परिरहने र पछिल्लो समय उनीहरुको सम्वन्ध धेरै नै चिसिएको आफन्तहरुको दाबी छ ।

केहि समय अघि ताराले नरबहादुरसँग सम्वन्ध विच्छेद गर्ने भन्दै गाविसमा निवेदन समेत दिएको तर आफन्तहरुको पहलमा निवेदन फिर्ता भएको मृतककी दिदी चन्द्रमाया थापाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

“बुहारीसँग चिसिएको सम्वन्ध नै भाइको मृत्यूको कारण हो ।–” उनले भनिन । मृतकको शव शंकास्पद रुपमा भेटिएपछि मृत्यू रहस्यमय भएको भन्दै कुरा उठाँउदा आफुहरुलाई हप्काइ दप्काइ गरेर आत्महत्या नै हो भन्ने मुचुल्का उठाउन तारा बुहारी पक्षका आफन्तले प्रहरीलाई बाद्य बनाएको दाबी पनि दाहालका आफन्तहरुको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरिक्षक नकुल पोखरेलले भने मुचुल्कामा स्थानीयले दाहालले आत्महत्या नै गरेको भनी सहिछाप गरेको बताएका छन । पोष्टमार्टम रिपोर्ट आइनसकेकाले सो रिपोर्टका आधारमा मात्रै प्रहरीले मुद्धा अगाडी बढाउने पनि उनले बताएका छन ।

नरबहादुर र तारा विगतमा माओवादी कार्यकर्ता हुन । उनीहरुले युद्धकालिन समयमा प्रेम विवाह गरेका थिए । उनीहरुका २ छोरा र एक छोरी छन ।

यद्धपी पछिल्लो समय उनीहरुविच चिसिएको सम्वन्धकै कारण नरबहादुरले मृत्यूको बाटो रोजेका हुन वा उनको हत्या भएको हो अहिले सो विषय चर्चाको बिषय बनेको छ । दाहाल स्थानीय विद्यालयमा शिक्षण समेत गर्दथे ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्