सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दिपेन्द्रको नेतृत्वमा चितवन समाजको कान्तो समिति

सन्तोष चोखाल, संचारकर्मी

दिपेन्द्र पौडेलको नेतृत्वमा चितवन समाज जापानको कान्तो क्षेत्रको नयाँ कार्यसमिति चयन भएको छ । टोकियो स्थित शिन–ओकुबुमा भएको प्रथम अधिबेशनले पौडेलको नेतृत्वमा कार्यसमिती गठन गरेको हो ।

जापानको टोकियो अर्थात कान्तो क्षेत्रमा नेपालीहरूसंगै चितवनेहरूको पनि बढी जनघनत्व रहेको हुनाले यसलाई विशेष महत्वले समेत हेर्ने गरिन्छ । कार्यक्रमको औपचारिक सत्रको अध्यक्षता कार्यक्रम संयोजक अर्जुन अधिकारीले गरेका थिए ।

त्यसैगरि प्रमुख अतिथिमा चितवन समाज जापानका केन्द्रीय अध्यक्ष सरोज कंडेल रहेका थिए । त्यस्तै, विशेष अतिथि एनआरएन आइसीसी सदस्य तथा संस्थाका सल्लाहाकार ओम गुरुङ्ग थिए ।

कार्यक्रममा संस्थाका केन्द्रीय महासचिव छविलाल सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सल्लाहाकारहरू, पत्रकार महासंघ जापानका अध्यक्ष, चितवनबाट जापान भ्रमणमा रहेका राजनीतिकर्मी, खेलाडी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना मन्तव्यमा सबै वक्ताले चितवनको समृद्धीको लागी सबैले जोड दिनुपर्ने कुरा राखेका थिए । त्यसैगरि कार्यक्रमबारे केन्द्रीय उपाध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिएका थिए । अधिवेशनको पहिलो सत्रको कार्यक्रम रिपोर्टर्स क्लव नेपाल, जापानका अध्यक्ष तथा संस्थाका केन्द्रीय सदस्य सन्तोष चोखालले संचालन गरेका थिए ।

त्यसैगरि कार्यक्रममा जापानमा रहेर चितवन तथा समाजकै लागी विभिन्न तरिकाले योगदान गरेका ब्यक्तिहरु रिपोटर्स क्लव नेपाल, जापानका अध्यक्ष सन्तोष चोखाल, ‘हामीले नगरे कसले गर्ने ?’ अभियानका अन्तराष्ट्रीय संयोजक दीपक बाबु नेपाल, एनआरएन जापानका केन्द्रीय सदस्यद्वय राम थापा ‘अनिल’, नारायण अधिकारी , ओएनएफ कान्तोका संयोजक सुजन पन्त, नेपालबाट आएका नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ का सभापति रमेश अधिकारी, नेपाली जनसम्पर्क समिति जापानका उपसभापति राजेन्द्र जम्मरकट्टेल, संस्थाका सल्लाहकार मनोज घले र चितवनका चर्चित बक्सर खेलाडी अनिल थापा लगायतलाई समाजका अध्यक्ष सरोज कंडेल, कोषाध्यक्ष हरिचन्द्र पौडेल र सल्लाहकार ओम गुरुङ्गले संयुक्त रुपमा खादा ओढाएर सम्मान गरेका थिए । सम्मान कार्यक्रमको सहजीकरण कोषाध्यक्ष हरिचन्द्र पौडेलले गरेका थिए ।

त्यस्तै, उप–संयोजकमा ईश्वरी कंडेल एवम शम्भु लामिछाने, सचिवमा कृष्ण बहादुर थापा, सह–सचिवमा महेन्द्र कंडेल, कोषाध्यक्षमा सुन्दर गिरी, सदस्यहरूमा विक्रम खत्री, प्रवीण भट्टराई, लीला शर्मा, दुर्गा गौतम, धिरण कंडेल र अनिल गुरुङ रहेका छन । बाँकी १ सदस्य कार्यसमितिले पछि मनोनीत गर्नेछ ।

अधिबेशनमा समाजका सल्लाहकार, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, संस्थाका प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष लगायत चितवनबासी नेपालीको उपस्थिती रहेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्