कान्छिले जग्गा फिर्ता गरेपछी ४ जनाको अन्त्येष्टि
गत शुक्रबार भएको चार जनाको मृत्युको कारण सम्पति विवाद रहेको पुष्टि भएको छ । प्रारम्भिक अनुसन्धानबाट सम्पतिकै कारण दाहाल परिवारले सामूहिक आत्महत्या गरेको कारण खुलेपछि मृतक राजाराम दाहालकी कान्छी श्रीमती पूजा र जेठी श्रीमती कमलाको नाममा जग्गा नामसारी गरेसँगै दाहाल परिवारको सोमबारै सामूहिक अन्त्येष्टि गरिएको छ ।
२०७३ मसिंर ७ गते सासु हरिमाया दाहालको नामबाट उग्रचण्डी नाला–६ को कित्ता नम्वर ३३४ नम्वरको ५ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा बकसपत्र गरी लिएकी कान्छी श्रीमती पूजाले सम्बन्ध विच्छेद भएको ८ महिनापछि सोमबार जिल्ला मालपोत कार्यालयबाट जेठी श्रीमती कमला र उनका छोरा सुरजका नाममा ५ रोपनी जग्गा फिर्ता गरेकी हुन ।
सम्पत्ति फिर्ता गरिदिए लगत्तै तीन दिनदेखि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएका शवहरुको परीक्षण गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । कमलाका आफन्तले सम्पतिका कारण पूजाले मानसिक रुपमा दबाब दिएकाले राजाराम सहितका परिवारले नै सामूहिक आत्महत्या गरेकाले कारबाही र जग्गा फिर्ता नभई शव नबुझ्ने अडान राखेका थिए ।
सासु हरिमाया दाहालको नाममा रहेको सम्पति २०७३ मसिंर ७ गते आफ्नो नाममा बकसपत्र गराएर श्रीमान् राजारामसँग २०७३ मसिंर ९ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएको सम्बन्ध विच्छेदको मुद्दा १२ गते फैसला भएको थियो ।
त्यसको २३ दिन अर्थात २०७३ पुस ५ गते पशुपति श्रेष्ठको साविक दक्षुटोल १ मा रहेको कित्ता नम्वर ६७९ बाट कित्ता नम्वर ९७९ मा २ आना २ दामको जग्गा र सोही जग्गामा बनेको तीन तले घर पुजाले बकसपत्र गरी लिएकी थिईन । उक्त घरको २५ लाख ऋण भएकाले पुजाले नै सकार्ने सहमति भएको छ ।
मृतक राजाराम दाहालको कान्छी श्रीमती र उनको सम्वन्ध विच्छेद भएको घटना थाहा पाएसंगै आईतबार त्रिवि शिक्षण अस्पतालमा राखिएको दाहाल परिवारको शवको पोष्टमार्टम समेत रोकिएको थियो । ८ महिना अघि २०७३ मंसिर १२ गते जिल्ला अदालत काभ्रेमा अंश लिएर समन्ध विच्छेद गरेको रहस्य खुलेसंगै घटना झन रहस्यमय बन्दै गएको थियो ।
शुक्रबार राति ९ बजेको समयमा बनेपा बसपार्कमा रहेको दाहाल परिवारको आफ्नै गौतम भोजानालय ६५ वर्षे बाबु हरिभक्त दाहाल, उनको ६० वर्षे श्रीमती हिरामाया, ३२ वर्षे छोरा राजाराम दाहाल र २५ वर्षीय छोरी रञ्जना दाहालको शव फेला परेको थियो । होटलको कोठामा शव छुट्टा छुट्टै अवस्थामा प्रहरीले फेला पारेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्