सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

१८ बर्षिय प्रेमीले गरे ३५ बर्षिया प्रेमिकाको हत्या

गुल्मीमा एक युवाले आफ्नै प्रेमिकाको हत्या गरेको खुलासा भएको छ । गुल्मी पौदीअमराईकी ३५ वर्षिया गिता नेपालीको हत्या अभियोगमा बाग्लुङ्ग बढिघाट गाउँपालिका २ राक्सेका हिरा बलामी मगर पक्राउ परेपछी यो रहश्यको खुलासा भएको हो ।

प्रेम र यौन सम्बन्धपछि विवाहको विषयमा बिवाद हुँदा नेपालीलाई मगरले असार २५ गते राती उनको हत्या गरी बढिघाट खोलामा फालेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीका अनुसार गुल्मीको ईस्मामा विवाह भई श्रीमानले हेला गरेपछि तिन सन्तान सहित पौदीअमराई स्थित माईतीको शरणमा बस्दै आएकी नेपाली र मगर बीच लामो समय देखि प्रेम र अनुचित सम्वन्ध रहेको थियो भने गीताले विवाह नगरे प्रहरीमा जाने चेतावनी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी चन्द्रकुवेर खातुनले प्रेम र त्यसपछिको अनैतिक सम्बन्धपछि बिवाद बढेको तथा मृतकले उजुरी गर्ने चेतावनी दिएपछि प्रेमीले हत्या गरेको खुल्न आएको बताएका छन ।

उनले भने– ‘यी दुई विच प्रेम र अनुचित सम्वन्ध पनि रहँदै आएको पाईयो । गीताले विवाह गरौं नत्र उजुरी दिन्छु भने पछि जात नमिल्ने र उमेर पनि आधा भन्दा बढि गीताको भएका कारण स्वीकार्न नसकी हत्या गरेको निजले नै स्वीकार गरेको छ ।’

मगरको उमेर १८ वर्ष रहेको छ भने मृतक नेपालीको उमेर ३५ वर्ष रहेको छ । गीता नेपालीको शव असार २६ गते विहान खर्वाङ्ग स्थित बढिघाट खोला किनारबाट हरिचौर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारी नेतृत्वको टोलीले निकालेको थियो ।

प्रहरीले त्यसको भोलिपल्ट मात्रै मृतक नेपालीको शनाखत गरी आरोपी मगरलार्ई पक्राउ गरेर बागलुङ पठाएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्